रोल्पा । राेल्पामा   बस दुर्घटना हुदा दुई जनाकाे ज्यान गएकाे छ । आज मंगलबार सहिदमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना भएकाे हाे ।  राेल्पाकाे बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूकाे उद्धार भइरहेकाे राेल्पा प्रहरीले जनाएकाे छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ । बस सडकबाट झन्डै १00 मिटर तल खसेकाे छ ।