सल्यान । सल्यानको सिद्ध कुमाख ३ हुँदै प्रदेश राजधानी सुर्खेत जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्याक खोलेको झन्डै १५ वर्षपछि स्तरोन्नतिको काम सुरु भएको हो ।

कर्णाली प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानले १५ करोड ५९ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरेको हो । २०६४ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत ट्याक खोलिएको थियो । २०८१ पुस १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी खरीढुंगा हमाल जे।भी ले सडक स्तरोन्नतिको जिम्मा लिएको छ ।

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख रूपक रावलले १३ दशमलव ८ किलोमिटर ग्राभेल र १२ किलोमिटर डबल कटिङ गरी सडकको स्तरोन्नति गरिने जानकारी दिए ।