कैलाली । कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने २८ जना घाइते भएका छन् । दुर्घटनामा भजनी–९ की १४ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको हो ।

घाइतेहरुको घोडाघोडी अस्पताल र बर्दगोरियामा उपचार भइरहेको छ । गएराति बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर फर्किने क्रममा से १ त ८८७० नम्बरको ट्र्याक्टर भजनी नगरपालिका–२ मा ट्र्याक्टर दुर्घटना भएको हो ।