काठमाडौं, २४ माघ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एकरएक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल गरिन् ।
यो जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ ।











