दाङ, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार कामगर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् । ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ’। उनले भने ।

संघीयताको गलतव्याख्या र प्रचार भइरहेको भन्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन बिरोधीकार्य भएको बताए ।

‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलतप्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भने ।

संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै मुख्यमन्त्री गिरीले गाउँगाउँसम्म र घरघरसम्म विकास र समृद्धि पु¥याएको बताए ।