काठमाडौं, १६ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् ।

आज सोमवार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपाध्यक्ष महराले गृह मन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जानकारी दिए । ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो गृहमन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा प्रधानमन्त्रीले टुङ्गो लगाउने कुरा हो’, उनले भने ।

सर्वोच्च अदालतले आदेश दिएपछि गएको शुक्रवार उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका थिए । त्यसपछि सो मन्त्रालको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै समालेका छन् ।