काठमाडौं। अभिनेत्री रेखा थापा राजनीतिसँगै फिल्ममा पनि सक्रिय हुने तयारीमा हुनुहुन्छ। आगामी फागुन र वैशाखमा उहाँका दुई फिल्म छायांकनको तयारीमा छन् ।

‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू आमा बन्ने बउनुभएको छ । आगामी असोजमा फिल्म रिलिज हुने उहाँको भनाइ छ ।

सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्ने उहाँले बताउनुभयो । ‘हामी फिल्मको तयारीमा पनि छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवानले चाहे हुन सक्छ । यसरी बुझ्नुस न, भाञ्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्,’ रेखाले भन्नुभयो ।

चुनावमा पार्टी उम्मेदवार बनेकाले उनी राजनीतिको चटारोमा व्यस्त थिइन् । अहिले भने केही फुर्सदिलो भएकाले रेखाको ध्यान फिल्म निर्माणतर्फ सोझिएको छ । रेखा पछिल्लोपटक आर्यन सिग्देलसँग ‘रुद्रप्रिया’मा देखिएकी थिइन् ।

अनलाइनखबरबाट