इन्द्रेणी संवाददाता
धनुषा, १३ मंसिर । अवसर भनौं या सौभाग्य नेकपा एमालेबाट उम्मेदवार बनेका एकजोडी दम्पत्ती चुनाव जितेर प्रतिनिधिसभा सदस्य भएका छन् ।

नेकपा एमाले सचिव रघुवीर महासेठ र एमालेकै केन्द्रीय सदस्य जुली महतोको दम्पती एकै जिल्लाबाट प्रत्यक्षतर्फको चुनाव जितेर मा चुनाव जितेर प्रतिनिधिसभा सदस्य भएका छन् ।

महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट काग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् भने जुलीले धनुषा ३ बाटै सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादीका अनिलकुमार झालाई पराजित गर्दै विजयी भएकी हुन् । श्रीमती जुली समानुपातिकबाट दुईपटक सांसद भइसकेकी छन् । महासेठ पनि यसअघि सांसद भइसकेका हुन् ।