कास्की- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्दै नेपाली समाजको समृद्धिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।Open photo

प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको प्रथम वार्षिकोत्सवका अवसरमा आज पोखरामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विगतमा पनि लोकतन्त्र र परिवर्तनका लागि सञ्चार क्षेत्रले राम्रो भूमिका निर्वाह गरेको उल्लेख गरे।

उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपालको परिवर्तनको आन्दोलनमा सञ्चार क्षेत्रको भूमिका असाध्यै महत्वपूर्ण रहेको जगजाहेर छ । लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि समेत आगामी दिनमा सञ्चारकर्मीले नेतृत्वदायी भूमिका पूरा गरेर समृद्धिका लागि योगदान पुर्‍याउन आग्रह गर्दछु ।’Open photo

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा अग्रगमनकारी र परिवर्तनका पक्षधर शक्तिहरूको गठबन्धनले विजय प्राप्त गर्दा मात्र देशमा स्थिरता र विकास हुने उनले उल्लेख गरे ।

कार्यक्रममा अग्रज पत्रकार एवं राष्ट्रिय समाचार समितिका पूर्वाध्यक्ष कोमलनाथ बराल, गङ्गाधर पराजुली, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल, नेकपा (एकीकृत समाजवादी) कास्कीका प्रवक्ता पूर्ण लामा, प्रेस सेन्टर पोखरा महानगरका अध्यक्ष शिवराज बस्ताकोटी लगायतले जनपक्षीय पत्रकारिताका माध्यमबाट समाज रूपान्तरणमा योगदान गर्न सञ्चारकर्मीहरूमा आग्रह गरेका थिए ।

No description available.