कार्तिक १ सल्यान । सल्यानमा अरिंगालको टोकाइबाट एकै घरका दुई आमा छोरीको मृत्यु भएको छ ।अरिगालको टोकाईबाट गम्भिर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अर्का एक जना बिरामी छन्।शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति वुढाथोकी र शोभाका अंकल २१ वर्षीय नवीन बस्नेतलाई सोमबार अपरान्ह साढे ५ बजेतिर अरिंगालले टोकेको थियो।
मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ !उनीहरू आफ्नै खेतमा धान काटेर घर फर्कंदै थिए।











