रोल्पा – माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्तापक्षीय गठबन्धनको निर्णयअनुसार मतदान गर्दा हिच्किचाउनु नपर्ने बताएका छन् । रोल्पाबाट प्रतिनिधिसभाका साझा उम्मेदवार रहेका पुनले विगत भुलेर दुई तहको निर्वाचनमा कांग्रेससहितका दलका उम्मेदवारलाई मन खोलेर मतदान गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेका हुन् ।
‘विगतमा कांग्रेससँग मुख्य लडाइँ थियो, लामो समय दुश्मनी थियो‚ रोल्पा (१) को सुलीचौरमा आयोजित गठबन्धनको संयुक्त चुनावी बैठकमा मुख्य अतिथि रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव पुनले भने, ‘यतिबेला प्रतिगामीविरुद्ध एकजुट भएर लाग्नु छ, गठबन्धनको पक्षमा चुनावी अभियान लैजानु छ ।
गठबन्धनका तर्फबाट चुनावी अभियान संयोजकसमेत रहेका पुनमाथि आफ्नै पार्टीका नेता दीपेन्द्र पुनले विद्रोह गरी उम्मेदवारी दिएपछि थप दबाब परेको छ ।











