काठमाडौं ,२१ असोज । नेकपा एमालेले नेता घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।