काठमाडौं, २३ भदौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको बताएका छन् । उनले कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा भन्दै चिन्ता समेत प्रकट गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति डा. यादवले बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेतालाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।

कांग्रेस पार्टीमा रहेर पसिना बगाउनुभन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी हुँदै गइरहेको पूर्व राष्ट्रपति यादवको आरोप छ । समानुपातिकबाट सांसद बन्नका लागि टिकट बिक्रीको चलखेल हुने गरेको यादवको भनाइ छ ।