काठमाडौं, २९ साउन । वैचारिक–राजनीतिक रूपमा धेरै फरक भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेत गर्ने विषयमा छलफल भएको छ ।
राप्रपासँग तालमेल एमालेको बाध्यात्मक गठबन्धनको विकल्पका रूपमा हो । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच छलफल भएको हो ।
शुक्रबार साँझ बालकोटस्थित ओलीनिवासमा दुई अध्यक्षबीच करिब डेढ घन्टा छलफल भएको र सहकार्यका लागि दुवै सकारात्मक देखिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।











