घोराही, १७ असार । दाङमा भएको दुर्घटनामा दुुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–७ बेसाइमा रा ३ प २९२२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कुँवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको ज्यान गएको हो ।
मोटरसाइकलमा रहेका घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











