इन्द्रेणी संवावाददाता
काठमाडौं, १९ मंसिर । राप्रपाको अध्यक्षमा पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । शनिवार अबेरसम्म भएको मतदानमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतन्तरले विजयी भएका हुन् ।

महामन्त्रीमा भने थापा पक्षकी कुन्ति शाही विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी अभिनेत्री रेखा थापा पराजित भएकी छिन् । अध्यक्ष लिङ्देनले १८१७ मत पाएका छन् भने थापाले १६१७ मत पाए ।