काठमाडौँं, १४ कात्तिक । यस वर्षको जाडोयाम शुरु भएको छ । बढ्दो चिसोसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्दै गएको छ । मौसमी फ्ल्यूबाट बच्न सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् ।
मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्यु समेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ ।
“यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले जोखिम बढी हुन्छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले भने, “हिउँदयाम लागेसँगै मौसमीखालका बिरामी बढेका छन् ।











