काठमाडौं, ११ असोज । दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि काठमाण्डौबाट लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो।

busparkनयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको छ ।

नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाण्डौका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।