इन्द्रेणी संवाददाता
दाङ, २३ असार । दाङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेका फरार एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरका ४१ वर्षका विरबहादुर चौधरी रहेका छन् । उनलाई ज्यान मार्ने मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७५ माघ २९ गते पाँच वर्ष कैद सजाय तोकेको थियो ।
चौधरीलाई रतनपुरमै लुकिछिपि वसेको अवस्थामा असार २२ गते पत्राउ गरिएको हो । पक्राउ पछि उनलाई अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।











