इन्द्रेणी संवाददाता
दाङ, २२ असार । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरको कारोवार भइरहेको गोप्पे सूचनाका आधारमा प्रहरीले घोराही १३ बस्ने २२ वर्षका कृष्ण बुढाथोकी र नुवाजन चौधरीलाई पक्राउ गरेको हो ।

212927915_480688946397338_7919256504979786911_nउनीहरुबाट ६०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । साथै बुढाथोकीले चलाएको रा ४ प १०७४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताएका छन् ।

त्यसैगरी राप्ती गाउँपालिका १ भालुवाङ रोतोडाँडा बस्ने २७ वर्षका ऐकेन्द्र पुन मगरको घर कोठामा लागुऔषध लुलाइ राखिएको अवस्थामा फेला परेको छ । उनको कोठाबाट २ दशमलव ३५ मिलिग्राम ब्राउन सुगर फेला परेको हो । प्रहरीले मगरलाई पक्राउ गरी अनुसन्धान गरिहेको छ । प्रहरीले चौधरी र बुढाथोकीलाई असार २० गते नियन्त्रणमा लिएको हो भने पुन मगरलाई २१ गते पक्राउ गरेको हो ।