इन्द्रेणी संवाददाता
दाङ, १७ असार । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दिक्षितले सकारात्मक पक्षहरु सञ्चारकर्मीहरुको प्राथमिकतामा पर्नुपर्ने बताएकी छन् ।

uuदाङ देउखुरी जिल्ला अदालतले विहीवार घोराहीमा आयोजना गरेको जिल्लामा समाचार लेख्दा प्रयोगमा आउने कानुनी शव्द तथा कार्यबिधि सम्बन्धी आधारभूत ज्ञान एव अनुशिक्षणमा उनले लोकतन्त्रलाई सवल र स्वस्थ बनाउन व्यबस्थापिका, कार्यपालिका, न्यायपालिकासँगै सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी हुन् ।

कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाले ‘जिल्लामा प्रयोगमा आउने कानुनी शव्द तथा कार्यबिधि सम्बन्धि आधारभुत ज्ञान’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै थापाले सञ्चारकर्मीहरुले न्यायपालिकासँग सम्बन्धित समाचार सम्प्रेसन गर्दा कानुनी शब्दहरुको ख्याल गर्नुपर्ने बताए । न्यायपालिकासँग सम्बन्ध राख्ने खबरहरुमा कानुनी शब्दहरुको त्रुटि बढी हुने गरेको उल्लेख गर्दै यस्ता शब्दहरुको प्रयोगमा सञ्चारकर्मीहरु सम्बेदनशील भएमा जनतासम्म सही सूचना जाने उनको भनाइ थियो ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवि मसाल र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले आफुना विचार व्यक्त गरेका थिए ।

दाङ देउखुरी अदालतका श्रेष्तेदार धनसिङ गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत राजेन्द्रकुमार शर्माले गरेका थिए ।