तुलसीपुर, १३ असार । दाङको तुलसीपुरमा पलाष्टिक विस्थापनका लागि झोला उत्पादन तथा गार्मेन्ट तालिम सुरु भएको छ ।
लुम्बिन्ी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सहयोग एवं तुलसीपुर उपमहानगरपालिका, ग्रिन फाउण्डेशन नेपालको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयको अयोजनामा एक महिना तालिम सुरु भएको छ ।
दैनिक जिवनमा हानिकारक मानिने पलाष्टिकलाई विस्थापित गर्नका लागि गार्मेन्ट उद्योग संचालनका लागि तालिमको सुरुवात गरेको आयोजकले बताएको छ ।
तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जीवन बदल्न सोच बदल्नु पर्नेमा जोड दिनुभएको छ । आत्मनिर्भरका लागि म केही गर्छु भन्ने सोचका साथ अघि बढ्न आग्रह गर्दै नगर प्रमुख पाण्डेले जाँगरका साथ सिप सिक्न आग्रह गरे ।
आफूले सुति खान भन्दा पनि गरी खान गराउने बताउँदै नगर प्रमुख पाण्डेले सिप सिकेपछि स्वरोजगार बनाउनका लागि तुलसीपुर उपमहानगरपालिका हरेक तहले सहयोग गर्ने बताउनुभयो ।
उद्यमी बन्नका लागि यहाँहरुको उत्साह, जाँगर, लगनशिलताको आवश्यक पर्ने बताउँदे सिपेको सिपलाई व्यवहारमा लागुगर्नुपर्नेमा जोड दिए ।सिप सिकेर आयआर्जनमा लाग्ने उद्देश्यले नै आयोजना गरिएको तालिममा १५ जना महिलाको सहभागिता रहेको छ ।











