काठमाडौं, १४ जेठ । नेपालमा विस्तारै कोरोना मुक्त हुने विरामी बढ्दै गएका छन् । विहीबारदेखि नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढेको हो ।

mask-coronवितेको २४ घण्टामा नेपालमा नौ हजार आठ सय ४१ जनाले कोरोनालाई जितेका छन् । एकै दिन सङ्क्रमणमुक्त हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

अहिले सङ्क्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या चार लाख २८ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार नौ सय ५१ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिमार्फत १९ हजार तीन सय १३ जनाको परीक्षण गर्दा ६ हजार आठ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेनमार्फत सात सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९ हजार एक सय ११ पुगेको छ ।त्यस्तै वितेको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप ९६ जनाको ज्यान गएसँगै ज्यान गएको छ ।