इन्द्रेणी संवाददाता

दाङ, १४ जेठ । नेपालगंज स्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

आज जेठ १४ गते भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको हो । चिकित्सकमाथि कुटपिट गर्न संलग्न रहेको भन्दै अस्पताल प्रशासनले नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य मानबहादुर रावत, लोकबहादुर रावत, र भरत रावतमाथि किटानी जाहेरी दिएको बताएको छ ।

अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि किटानी जाहेरी दिएको बताएको छ ।