देउखुरी, १४ जेठ । सिसहनिया उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

5उपचारत कोभिड १९ का विरामीहरुको उपचारमा थप सहयोग पुराउने उदेश्यका साथ सिसहनिया उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक भावना भएका ब्यत्तित्वहरुवाट स्वतस्फुर्त रुपमा प्रदान गरिएको रकम बाट स्वास्थ्य सामाग्री खरिद गरिएको सिसहनिया उद्योग बाणिज्य संघका महासचिव ईश्वरी प्रसाद अधिकारीले जानकारी दिए ।

विहिवार सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालका प्रमुख रेगन सिंह थापालाई संघका अध्यक्ष शान्तराज भण्डारी लगायतको टोलिद्धारा अक्सीजन कन्सेन्ट्रेटर १ थान, स्टीमर ७ थान, अक्सोमीटर ४ थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सचिव मदन पोख्रेलले बताए ।

सिसहनिया उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक भावना भएका ब्यत्तित्वहरुवाट स्वतस्फुर्त रुपमा प्राप्त रकम मध्यको रु १ लाख ३७ हजार बरावरको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

स्वास्थ्य सामाग्री बुझ्दै सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालका प्रमुख रेगन सिंह थापाले अहिलेको यो विशम अवस्थामा कोरोना संक्रमितको उपचारमा उत्यन्त सहयोगी स्वास्थ्य सामाग्री र महत्वपुर्ण मानीने अक्सीजन कन्सेन्ट्रेटर, स्टीमर तथा अक्सोमीटर उपलब्ध गराईदिएकोमा सबैमा धन्यवाद ब्यक्त गरेका छन् ।