इन्द्रेणी संवाददाता

दाङ, ४ जेठ । दाङमा एकैदिन २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
३५० जनाको स्वाब परिक्षण गर्दा ११५ जना महिला र १३५ जना पुरुषमा संक्रमण देखिएको हो ।

koronaत्यस्तैगरी आज एकैदिन २९९ जनाले कोरोनालाई जितेका छन् । योसँगै हालसम्म जिल्लामा २ हजार ९७५ जना संक्रमण मुक्त भएका छन् ।अहिले संक्रिय संक्रमितको संख्या २ हजार ५२५ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १६४ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ३६३ जना संक्रमित घरकै आइसोलेसनमा बसेका छन् ।

यस्तै वितेको २४ घण्टामा जिल्लामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज मृत्यु हुनेमा सबैभन्दा तुसीपुरका ५ जना, घोराही र बबईका २÷२ जना र दंगीशरणका एक जना रहेका छन् । कोरोना संक्रमणबाट तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का ५० बर्षिय वडा सदस्य धनीराम चौधरीको मृत्यु भएको छ ।