काठमाडौं, १५ बैशाख । नेपाल सरकारले तेस्रो मुलुकमा यात्राका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ ।
अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण बुधबार (१५ वैशाख) राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।
विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ ।











