भोजपुर, २ चैत्र । मिलको फित्तामा सल बेरियर भोजपुरमा एक महिलाको मृत्यु भएको छ ।
रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको विद्युतीय मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिँदा गम्भिर घाइते भएकी थिइन् ।











