इन्द्रेणी संवाददाता

दाङ, २० फाल्गुन । दाङ घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले छोटो अवधिका विभिन्न सिपमुलक तालीमहरुको उत्घाटन गरेको छ ।

IMG_20210304_144523स्थानीय बेरोजगार युवायुवतीहरुलाई व्यावहारिक सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरेको तालीममा बोल्दै शिक्षालय प्रमुख अच्युतराज दाहालले शिक्षार्थीहरुले सिकेको सिप व्याबहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

IMG_20210304_143820प्राबिधिक शिक्षा तथा व्यावसायीक तालीम परिषदले स्थानीय बेरोजगार युवायुवतीहरुलाई तालीम प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरेको तालीम पछी तालीम प्राप्त युवाहरु आत्मनिर्भर हुनुपर्नेमा शिक्षालय प्रमुखको जोड रहेको थियो ।

IMG_20210304_144239नेपालको कुल जनसंख्याको आधा हिस्सा महिला भएको कुरा औल्याउदै प्रमुख दाहालले महिलाहरु आफैमा परनिर्भर हुने नेपालको सनातन परम्परा भएपनि अब महिलाहरु पनि सक्षम र आत्मनिर्भर हुन लाग्नुपर्ने बताउनुभयो ।

IMG_20210304_162548शिक्षालयले आयोजना गरेको तालीममा अधिकांस महिलाहरुको सहभागिता भएकोमा खुसि ब्यक्त गर्दै शिक्षालय प्रमुख दाहालले अब साँचिकै महिलाहरु सिप सिकेर स्वरोजगार भएको देख्ने आफ्नो रहर भएको बताउनुभयो ।

IMG_20210304_144159बार्षिक करिब पाँच हजारको संख्यामा मानिसहरुलाई सिप सिकाएर स्वरोजगार गराउने लक्ष्य राखेको शिक्षालयले हाल सिटिइभिटी लुम्बिनी प्रदेश अन्तर्गतका मन्टेश्वरी शिक्षक तालीम,इलेक्ट्रीकल वारिस्ता, पलाम्बिङ र वैदेशिक रोजगार अन्तर्गतका जुनियर ब्युटिसियन, सेकुरिटी र किचन सहायक तालीम संचालन गरेको छ भने अझै कतिपय तालीमहरु संचालनको क्रममा रहेको शिक्षालयका लेखा प्रमुख नारायण भण्डारीले बताउनुभयो  ।

 IMG_20210304_144635