मोरङ, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन्

Sherdhanमुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।