सुर्खेत, ९ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ । वीरेन्द्रनगर नगरपालिका १२ मा बर्ड फ्लू देखा परेको पशु सेवा विभागले जनाएको छ ।वीरेन्द्रनगर–१२ का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको हो ।

cock 1केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि दुई सय ७९ कुखुरा, १ सय २ परेवा, २२ अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ ।

रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जनाएको छ । रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको छ ।