काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ ।

pppप्रतिनिधि सभा विघटनविरुद्ध सडक सङ्घर्षमा रहेको प्रचण्ड–माधव समूहले पत्रकार सम्मेलन गरेर सङ्घर्षको चौथो चरणको कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार आउँदो बुधबारदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन हुने छ । यस्तै बिहीवार काठमाण्डौको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेका छन् ।