इन्द्रेणी संवाददाता
दाङ, ३० माघ । दाङमा प्रहरीले समाजमा रहेका विभिन्न विकृति नियन्त्रण गर्न अभियास सञ्चालन गरेको छ । सामुदायिक प्रहरीको साझेदारीमा स्थानीय तहका सरकारी कार्यालय, संघसंस्था, विद्यालय, युवा क्लवहरु, आमा समूहलगायतको सहकार्यमा प्रहरीले अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत प्रहरीले समाजमा गएर त्यस्ता विकृति रोकथापका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, समाजिक अपराध, दाइजो प्रथा, बालश्रम, बाल विवाह सडक दुर्घटना, अवैध मदिरा नियन्त्रणलगायतका क्षेत्रमा सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।
यसैक्रममा विहीबार मात्रै घोराहीको मदनभण्डारी स्कूल, शान्तिसुधा विद्यालयमा बाल विवाह, जातिय छुवाछुत सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।











