इन्द्रेणी संवाददाता
काठमाडौं । काठमाडौं । विभिन्न माग लिएर बालुवाटार पुगेका माडीवासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम–सीताको नयाँ मूर्ति देखाएका छन् । आफ्नै पहलमा मूर्ति बनाएका प्रधानमन्त्रीले अब छिट्टै माडीमा मूर्तिको अनावरण गर्ने बताए ।
गत असार २९ गते भानु जयन्तीको दिन भगवान् श्रीराम नेपालको माडी क्षेत्रमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले माडीमा राममन्दिर निर्माण गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।











