इन्द्रेणी संवाददाता 
कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एकजनामा गम्भीर असर (अवाञ्छित) देखिएको छ । प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये एकजनामा गम्भीर असर देखिएको हो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये पाँचजनामा असर देखिएको तीमध्ये एकजनामा गम्भीर समस्या देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले बताए । ‘प्रदेश अस्पतालमै उपचार गराएपछि अहिले उनको अवस्था सामान्य छ,’ उनले भने, ‘१४ गते लगाएको खोपपछि उनमा स्वास्थ्य समस्या आएको हो ।’

त्यस्तै, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार डोल्पामा १० जनामा दिएको खोपमा दुई जनामा खोपको असर देखाएको जनाएको छ । नयाँ पत्रीकाबाट