इन्द्रेणी संवाददाता
काठमाडौं, १७ मंसिर । नेपालमा आज एक हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल १६ हजार ५४७ जना सक्रिय संक्रमित छन् । हालसम्म दुई लाख १६ हजार १६१ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६०५ जना क्वारेन्टिनमा छन् ।











