इन्द्रेणी संवाददाता
काठमाडौं, १४ मंसिर । नेपालमा आज एक हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ ।

coronabata mrityuनेपालमा अहिलेसम्म एकलाख ५१ हजार ४९७ जना पुरुष र ७९ हजार २२६ जना महिलामा संक्रमण भएको छ । हाल १७ हजार ९०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४०४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४७९ जनाको मृत्यु भएको छ ।