इन्द्रेणी संवाददाता
काठमाडौं, ३ असोज । सभामुख अग्नीप्रसाद सापकोटाले आज पर्न गएको संविधान दिवसको अवसरमा सुभकामना सन्देश दिएका छन् ।

Rt. Hon. Agni Prasad Sapkota‘संविधान दिवस, २०७७ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो संविधान नेपालका अग्रगामी परिवर्तन पक्षधर जनताहरुको संघर्ष र महान सहिदहरुका बलिदानको प्रतिफल हो । यस अवसरमा संविधान निर्माण प्रक्रियामा सामेल हुनुभएका महानुभावहरुको योगदानकोे स्मरण गर्दै सम्पूर्णमा उच्च सम्मान व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ ।

शुभकामना सन्देशमा संविधान निर्माण भएको पाँच वर्ष पुगेको र तीन तहका निर्वाचनपश्चात् मुलुकभर ७६१ सरकार निर्माणसँगै संविधानको कार्यान्वयनले गति लिएको बताइएको छ । संविधानमा भएका व्यवस्था कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएकोले त्यसमा प्रभावकारी ढंगले लाग्नुपर्ने आवश्यकता रहेको र संघ, प्रदेश र स्थानीय तह बीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवादहरु सृजना हुन नदिन सचेत बन्नुपर्ने सन्देशमा उल्लेख छ ।