इन्द्रेणी संवाददाता
दाङ, १७ भदौ । दाङमा जारी निषेधाज्ञाको अलज्ञा गर्ने ३३९ जना कारवाहीमा परेका छन् । उनीहरुलाई प्रहरीले होल्डमा राखेर सम्झाइ बुझाइ घर पठाएको हो । यसरी कारवाहीमा पर्नेहरुमा १२७ जना महिला र ११२ जना पुरुष भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

holdयसैगरी निषेधाज्ञालाई उलंघन गर्दै सञ्चालनमा आएका ६८ वटा सवारीका साधन पनि कारवाहीमा परेका छन् । जसमा १६ वटा टिप्पर, ४ वटा टेक्टर, ४० वटा मोटरसाइकल र ८ वटा अटो रहेको प्रहरीले जनाएको छ । निषेधाज्ञा अवज्ञा गर्ने यी सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मास्क नलगाएर हिडडुल गर्ने ३७ जनालाई जरिवाना गरिएको छ । ८ महिला र २९ जना मास्क नलगाएर हिडडुल गर्ने ३७ जनालाई जरिवाना गर्दा ३ हजार ७०० रुपैयाँ रकम पनि संकलन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।