इन्द्रेणी संवाददाता
चितवन, १५ भदौ । चितवनको भरतपुरमा एक जना कोराना संक्रमित ज्यान गएको छ । मृत्यु हुनेमा भरतपुर ६ का ७८ वर्षका पुरुष रहेका छन् ।
भदौ २ गते संक्रमण पुष्टि भएका ती पुरुषको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । निमोनिया र स्वासप्रस्वासमा समस्या भएको ती पुरुषको आईसीयुमा उपचार भइरहेको थियो । उनको आज विहान साढे ७ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि चिवनमा कोरोनाबाट पाँच जनाको ज्यान गइसकेको छ ।











