रौतहट, ४ भदौ । रौतहटमा एक मन्दिरका पुजारीलाई गोली हानेर हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।
बुधवार बेलुकी खाना खाइरहेको बेला नचिनेको व्यक्तिको समूहले गोली हानेर हत्या गरेका हुन् । साहको कन्चटमा गोली हानेर हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।











