इन्द्रेणी संवाददाता
दाङ, १७ साउन । पर्वसभामुख कृष्णबहादुर महराले देशको विध्यमान राजनीति धुमलिएको बताएका छन् । नेपालका ठूला कम्युनिष्ट पार्टी एक हुँदा जनतामा खुसी भएर दुई तिहाइ मत समेत दिएर देशको नेतृत्वमा पठाएको उल्लेख गर्दै पूर्वसभामुख महराले आपसी खिचालानीमा राजनीति धुमिल्याउने कामप्रति चिन्ता समेत व्यक्त गरे ।
नेपाल रेडक्रम सोसाइटी उपशाखा नारायणपुर खैराको आज शनिवार भवन उद्घाटन गर्दै महराले अहिले राजनीतिमा आपसी खिचातानी गर्नु नेताहरुको भुल भएको बनाउदै आन्तरिक बैमनस्यता त्यागेर नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने धारणा राखे । उनले जनताको विश्वासको दुई तिहाइ मतको उच्च कदर गर्दै सरकार विकास निर्माणमा लाग्नुको विकल्प नभएको बताए ।
नेकपाभित्रको चर्किएको विवादको चर्चा गर्दै पूर्वसभामुख महराले पार्टी एकतापछि जनता उत्साहित भएर गाउँसहरमा खुसियाली छाएपनि अहिले आएर एकताले मुर्तरुप नपाउदै विघटन र विभाजनको अवस्थामा पुग्नु दुःखद् भएको बताए । अहिलेको अवस्थामा पार्टीको तल्लो तहका जनतामा कुनै समस्या नभएकाले नेताहरुले पार्टी विभाजन र मुलुकलाई दुर्घटनाबाट बचाउन पहल गर्नुपर्ने महराको धारणा थियो ।
दाङ क्षेत्र नं. २ का सांसद समेत रहेका पूर्वसभामुख महरा लामो समयदेखि आफ्ना मतदाताहरुसँगको भेटघाटमा व्यस्त छन् ।











