विराटनगर, १६ साउन । कोरोना सङ्क्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ ।
महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज शुक्रबार राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने जानकारी दिएका छन् ।











