काठमाडौं, १६ साउन । आज नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६८ स्वाव परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

koroयोसँगै नेपालमा कूल संक्रमितको संख्या १९७७१ पुगेको छ । हाल ५ हजार ३१६ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप चार जनाको कोरोना संक्रमणका कारण पछिल्लो पटक मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाका कारण ५६ जनाको मृत्यु पुष्टि भएको छ ।