काठमाडौं, १७ जेठ । नेपालमा कोरोना संक्रमतिको संख्या १४०१ पुगेको छ । आज शनिवार एकैदिन थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कूल संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

koroमन्त्रालयका अनुसार संक्रमित हुनेमा पुरुष १२८८ र महिला ११३ छन् । आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जना छन् ।
यो सँगै संक्रमित जिल्ला ५३ पुगेको छ । निको भएर डिस्चार्ज हुने २१९ पुगेको छ ।