काठमाडौं, ४ जेठ । संसदका दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदैछ ।

cabenetप्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो । दुवै सदनको बैठक बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्नेछन् । मंगलवार प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।