बुटवल, २९ बैशाख । सोमबार कपिलस्तुमा कोरोना संक्रमित पुष्टि भएका दशै जना भारतबाट लुकिछिपी आएका रहेको खुलेका छ । उनीहरु भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट नेपाल आएका हुन् ।

eeeतर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

सङ्क्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेको क्यारेन्टाईनमा बसेका थिए । सङ्क्रमितहरूलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ ।