काठमाडौं, ६ फागुन । ‘म डा. रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तपाइँहरु डराउनु पर्दैन। कृपया सहयोग गर्नुहोला।’ भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको कन्ट्रोल रुमबाट डा. शाहले अनुरोध गरे। खाना खाने तयारी भइरहेका बेला सुनिएको आवाजले क्वारेन्टाइनमा बसेका सतर्क भए। शाहलगायत सबै स्वास्थ्यकर्मीले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पहिरिएका थिए।

bhuwan_retuराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. शाह नेतृत्वको खटिएको टोलीले सबैको घाँटी र नाकको स्वाव संकलन गर्‍यो। एक सय ७५ जनाको थ्रोट स्वाव संकलन गर्न चार घण्टा लागेको डा। शाहले बताए। ‘खाना खाएर थ्रोट स्वाव संकलन गर्दा वाकवाकी लाग्ने सक्ने जानकारी गरायौं। सबैले थ्रोट स्वाव संकलनपछि मात्र खाना खानुभयो,’ डा। शाहले अन्नपूर्णसँग भने।

स्वाव संकलनपछि स्वास्थ्यकर्मीले इथानोलयुक्त ‘स्प्रे’ शरीरमा छर्के। पोसाक फेरेर भक्तपुर गएका स्वास्थ्यकर्मी साँझ काठमाडौं फर्किंदा खुसी देखिन्थे। डा। शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो। सबै काम सकेर फर्कंदा खुसी लाग्यो।’

र्‍याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा। महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, स्मृति श्रेष्ठ, विमलेश अधिकारी, सुनी डंगोल, स्विटी उपाध्याय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए। अन्नपूर्ण पोष्टबाट