बाजुरा, २२ माघ । बाजुरामा रुखाखोकी र ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । स्वामीकार्तिक खापर गाँउपालिकामा रूघा, खोकी र ज्वरोले दुई जनाको ज्यान गएको हो ।
आज बिहान स्वामीकार्तिक खापर गाँउपालिका(१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको होभने बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको हो। गाउँपालिकामा अन्य क्षेत्रमा पनि रुखाखोकी र ज्वरो फैलिएको छ ।











