घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को छौठौं दिन दर्शकहरुको अत्यन्तै भीड लागेको छ ।
विगतका दिनको तुलनामा बुधवार दर्शकहरुको घुँइचो अत्यन्तै धेरै भएको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो । महोत्सवमा चर्चित गायिक तथा मोडल ज्योती मगर र चन्द्र शर्माले दोहोरी गित प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतीमा दर्शकहरु छमछमी नाचेका थिए । पछिल्ला दिनहरुमा महोत्सवमा दर्शकहरुको संख्या बढी रहेको चेम्वरका उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए ।












